छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ चोभार सुख्खा बन्दरगाहा नजिक सडकमा नम्बर नखुलेको टिपरको ठक्करबाट बा. ७३ प ६८१ नम्बरको मोटरसाइकलमा सवार काठमाडौं बल्खु बस्ने १८ वर्षीय सुमित सुनामको गए राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ भने हाल फरार टिपर चालकको खोजी गरिरहेको छ ।
त्यस्तै रौतहट, बौधीमाई नगरपालिका-६ पिपरियास्थित सडकमा भुवाली चोकबाट पिपरिया चोकतर्फ आउँदै गरेको बीआर ०६ ए डब्लु ८२७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार मौलापुर नगरपालिका-९ सोनरनिया बस्ने ३२ वर्षीया उषा देवी महराको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्र ज्योती कान्ति अस्पताल बंकुलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।
रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरीस्थित सडकमा लु.१ क ५२३५ नम्बरको बसमा युपी ५५ एएक्स ३१३७ नम्बरको मोटरसाइकल ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत उत्तर प्रदेश लकडा बस्ने २१ वर्षीय सन्तोष राजपुतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुही चोकस्थित सडकमा वीरगंजबाट पथलैयातर्फ आउँदै गरेको म.प्र.०३-०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक पर्सा ठोरी गाउँपालिका-६ बस्ने ४० वर्षीय ईश्वर श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








