विद्युतीय मोटरबाट करेन्ट लागेर २ जनाको मृत्यु
२०८३ असार २४ गते

सांकेतिक तस्वीर।
काठमाडौँ । मोरङ, विराटनगर महानगरपालिका–५ कोचाखाल बस्ने २० वर्षीया संजु सहनीको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको छ ।
कटहरी गाउँपालिका–४ नयाँबजारस्थित माइतीघरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै सिराहा, बरियारपट्टि गाउँपालिका–२ बरियारपट्टी बस्ने ४५ वर्षीय देव यादवको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।
सोही गाउँपालिका–४ तिन्नापडी चौरस्थित खेतमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२०८३ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








