भुटानी शरणार्थी मुद्दाको फैसला, संक्षिप्त आदेश आउन बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा जिल्ला अदालत काठमाडौंले फैसला गरेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार मुद्दाको फैसला गरेको हो । फैसलाको पूर्ण विवरण आउन बाँकी छ ।

नक्कली भुटानी शरणार्थी बनाएर नेपालीहरुलाई अमेरिका पठाउने गिरोहको पर्दाफास भएको थियो । यसमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० सालमा ३० जनामाथि मुद्दा हालेको थियो ।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत हाइप्रोफाइल प्रतिवादी छन् । आरोपितहरू मध्ये केही दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएको अदालत स्रोतले बताएको छ ।

जिल्ला अदालतले दोषी ठहर भएका केही आरोपितको हकमा भने सजाय निर्धारणका लागि फेरि सुनुवाइ हुने जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =