लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
२०८३ असार २३ गते

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आन्तरिक कार्यविधि पारित गरेको छ । समितिको आजको बैठकले परिमार्जनसहित उक्त कार्यविधि पारित गरेको सचिव एकराम गिरीले जानकारी दिए ।
बैठकमा समितिअन्तर्गत विभिन्न उपसमिति गठनसम्बन्धमा पनि छलफल भएको थियो । समितिको कामकारबाहीमा सहजीकरणका लागि पाँच उपसमिति गठनको प्रस्ताव गरिएको छ ।
प्रस्तावित उपसमितिका सम्बन्धमा सबै दलको प्रतिनिधित्व रहेको कार्य परामर्श उपसमितिमा थप छलफल गरी टुङ्गोमा पुग्ने सहमति भएको छ ।
२०८३ असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








