स्थानीय सरकार गैरदलीय हुनुपर्छ: महिला आयोग

काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले स्थानीय सरकार गैरदलीय हुनुपर्ने तर्क गरेकी छन् ।

प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले स्थानीय सरकार नागरिकको आँगनको अदालत भएको कारण राजनीतिक रङ्गबाट मुक्त गर्नुपर्नेमा जोड दिएकी हुन् ।

उनले महिलामाथि हुने घरेलु तथा अन्य हिंसा लगायतका सेवा प्रवाहमा स्थानीय तह राजनीति रूपमा प्रस्तुत हुँदा समस्या भएको बताइन् ।

उनले भनिन् ‘मैले भन्न मिल्छ कि मिल्दैन थाहा छैन । तर स्थानीय सरकार भनेको चाहिँ कुनैपनि पोलिटिकल कलरविहीन नै हुनुपर्छ भन्ने मलाई लाग्छ । स्थानीय सरकार भनेको आँगनको अदालत हो । त्यसो भएको हुनाले आँगनको अदालत भरोसायोग्य हुनको लागि स्थानीय सरकार गैरराजनीतिक हुनुपर्छ भन्ने लाग्छ ।’

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष पराजुलीले राष्ट्रिय महिला आयोगले नागरिक र राज्यलाई एकआपसमा जोड्न पुलको काम गरिरहेको समेत बताइन् ।

उनी महिला आयोगको अध्यक्षबाहेकका सदस्यहरूको योग्यताबारे संविधानमा उल्लेखित विषयमा प्रश्न उठाइन् । उनले आयोगको सदस्य हुनको लागि मानसिक रूपमा स्वस्थ र ४५ वर्ष पुगेको नेपाली नागरिक भएकै कारणमा आयोगको सदस्य बन्न पाउने व्यवस्था गरेर संविधानले महिला आयोगसँग के अपेक्षा गरेको हो ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + thirteen =