सरकारले ट्रेड युनियन खारेज गर्ने मनसाय राखेको छैन: मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारको ट्रेड युनियन खारेज गर्ने मनसाय नरहेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १०३० सम्बन्धी सन २०१४ को प्रोटोकल नम्बर २९ माथिको सैद्धान्तिक छलफलको क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिने क्रममा उनले उक्त प्रतिक्रिया दिएका हुन् ।

मन्त्री यादवले सरकारले सबै ट्रेड युनियनहरूलाई एकीकृत गरेर अघि बढाउन चाहेको समेत स्पष्ट पारे । उनले उक्त महासन्धिअनुसार तत्काल कानुन निर्माण गरी सरकारले त्यसको कार्यान्वयनका लागि कडा अनुगमन गर्ने योजना पनि सुनाए ।

मन्त्री यादवले भने ‘ट्रेड युनियन खारेज गरेको होइन, एकीकृत गरेर आउनुस् भनेको हो । हामीले यो महासन्धि अनुमोदन गरेपछि सोहीअनुसार कानुन बनाउने हो । यसलाई हामीले संघीयताको मर्मअनुसार नै यसलाई तत्त ठाउँमा नै निरीक्षण गर्ने, यसलाई उन्मुलन गर्नेतिर हामी काम गर्दछौँ ।’

मन्त्री यादवले सरकारले संघीयताको मर्म अनुसारको श्रमिकहरूको हित प्रवर्द्धनका लागि अनुगमनकारी निकायलाई प्रभावकारी रूपमा परिचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =