युरोपमा खेल्न सहज छैन: रोहित पौडेल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसनमा र युरोपमा खेल्न सहज नहुने बताएका छन् ।
विश्वकप लिग–२ को श्रृंखलाअन्तर्गत नेपाली टोलीले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग जुलाई २१ तारिखदेखि त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ । लिग–२ को अंकतालिकाका नेदरल्यान्ड्स नेपालभन्दा माथिको टोली हो ।
समान २८ खेल खेलेको नामिबियासँग पनि नेपाल दुई अंकले मात्र अघि छ । श्रृंखला खेल्न जानुअघि बिदाइ कार्यक्रममा नेपालका कप्तान रोहितले युरोप भ्रमणमा नतिजा निकाल्न सहज हुने उल्लेख गर्दै होम कन्डिसनभन्दा अवेमा खेल्ने गाह्रो हुने बताएका छन् ।
तर टिम कम्बिनेसन राम्रो भएकाले सुखद नतिजा ल्याउने उनको विश्वास छ । पछिल्ला दुई वटा सिरिजको नतिजापछि आफ्नो टोली राम्रो स्थानमा रहेको नेपालका कप्तान रोहित बताउँछन् ।
त्यही लयमा खेले नेदरल्याण्ड्स भ्रमणमा राम्रो नतिजा आउने उनको आशा छ । कप्तान रोहितले नेदरल्याण्ड्स र नामिबियालाई हराउने मानसिकताका साथ खेल्ने विश्वास व्यक्त गरेका छन् । यद्यपि, दुई वटा अवे सिरिजमध्ये यो कठिन हुने उनी बताउँछन् । आफूहरूले पनि त्यहीअनुसार तयारी पनि गरेको उनले उल्लेख गरे ।
नेदरल्याण्ड्समा जतिसक्दो बेस्ट दिने टोलीको लक्ष्य हुने कप्तान रोहित बताउँछन् ।
गत अप्रिल र मे महिनामा नेपालले घरेलु मैदानमा दुई वटा श्रृंखला खेलेको थियो । कुल दुई श्रृंखलाबाट आठ खेलमध्ये नेपाली टोलीले ६ वटा खेल जित्दै लिग–२ को शीर्ष तीन दौड जीवन्त राखेको हो । अब नेपाली टोली लिग–२ को साइकल (२०२३/०२७) अन्तर्गत अन्तिम दुई वटा श्रृंखला खेल्दै छ । तीमध्ये नेदरल्याण्ड्स भ्रमण कठिन हुने रोहितको भनाइ छ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लको पासपोर्ट समयमा नै नवीकरण नहुँदा टोलीको तयारीमा उपस्थित हुन नसकेको बताए ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । टोली मङ्गलवार जर्सी प्रस्थान गर्नेछ । त्यहाँ नेपालले जुलाई १३ र १५ मा ५० ओभरको दुई अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली नेदरल्याण्ड प्रस्थान गर्ने तालिका छ । लिग–२ मा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ ।
तेस्रो स्थानको नेदरल्याण्ड्स र ओमानले समान खेलबाट क्रमशः ३२ अंक र ३१ अंक जोडेका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लको पासपोर्ट समयमा नै नवीकरण नहुँदा टोलीको तयारीमा उपस्थित हुन नसकेको बताए । सचिव खड्काले टोलीले अघिल्लो युरोप भ्रमणमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय नेपाली टोलीले देखाएको आत्मविश्वास र प्रदर्शनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले नेपाली टोलीलाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए । टोली मंगलबार जर्सी प्रस्थान गर्नेछ । त्यहाँ नेपालले जुलाई १३ र १५ मा ५० ओभरको दुई अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली नेदरल्यान्ड प्रस्थान गर्ने तालिका छ ।
लिग–२ मा नेपाल २८ खेलबाट २४ अंकसहित पाँचौँ स्थानमा छ । तेस्रो स्थानको नेदरल्यान्ड्स र ओमानले समान खेलबाट क्रमशः ३२ अंक र ३१ अंक जोडेका छन् ।








