प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस
२०८३ असार १९ गते

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा मोरङका मानबहादुर कार्की सिफारिस भएका छन् । संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले कार्कीलाई नियुक्त गरेको हो ।
कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सिफारिससँगै कार्कीले रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ ।
त्यस्तै, बैठकले आयोगको रिक्त आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजिव सुब्बालाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।
संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
२०८३ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित








