रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन: रवि लामिछाने

काठमाडौं । सत्तरुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

शुक्रवार सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आफूले पार्टीको प्रथम महाधिवेशनमा प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनमा कतैपनि प्रदेश संरचना खारेजीको विषय समावेश नगरिएको बताएका हुन् । ‘हामी सबैलाई के थाहा छ भने संविधानका सयौं विषयमा बहसको आवश्यकता छ । यी विषयमा अन्य दलहरुले हामीभन्दा चर्को स्वरमा बोलेका पनि छन् । प्रदेश खारेजी भनेर हामीले कँही लेखे जस्तो त लाग्दैन । हामीले प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने कुरा गरेका हौँ, यो कुराको आवश्यकता सबैले महशुस गरेका छन्’ उनले भने ।

उनले रास्वपाले प्रदेश खारेजीको प्रश्ताव कतै पनि नराखेको दाबी गर्दै प्रदेश संरचनालाई प्रभावकारी बनाउन ‘रेट्रोफिट’ गर्नुपर्ने विषयमा छलफलको प्रश्ताव गरिएको बताए ।

उनले प्रदेश संरचनाको प्रभावकारिताबारे बहस गर्ने आवश्यकता सबै राजनीतिक दलले महशुस गरेको कारण रास्वपाले बहसको प्रश्ताव मात्र गरेको बताए । ‘रास्वपाले मात्र गरेको होइन । कयौँ पुराना राजनीतिक दलका नेताहरुले त यो खारेज नै गर्नुपर्छ पनि भनेका छन् । हामीले के भनेका हौँ भने प्रदेश संरचनालाई प्रभावकारी बनाउनको लागि यसमा सोच्नुपर्छ भनेर भनेका हौँ । यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रश्ताव गरेको न हो’ उनले भने ।

उनले सरकार र रास्वपा लोकतान्त्रिक व्यवस्था र संघीयताको पक्षमा रहेको भएपनि संघीय संरचनालाई थप नागरिकमैत्री र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =