५ विद्यार्थीलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।

महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरूको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरि, स्व. अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रति विद्यार्थी रु. ५० हजार बराबरको रकम छात्रवृत्तिको रूपमा प्रदान गरिएको हो ।

स्व. लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौँ कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई असार १७ मा आयोजित एक कार्यक्रमका बीच स्व. लक्ष्मण बाबु श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ तथा यस बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रूपमा विद्यालयका प्रधानाध्यापक गीता काफ्ले मार्फत प्रदान गरिएको छ ।

साथै स्व. हरि प्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर विरगंज–०८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाहलाई यस बैंकको सञ्चालक श्याम सु्न्दर रुंगटामार्फत प्रदान गरिएको छ भने स्व. नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई यस बैंकको सञ्चालक सागर मल्ल मार्फत प्रदान गरिएको छ ।

त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति अमर माध्यमिक विद्यालय, हेटौडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई यस बैंकका बागमती ख प्रदेश प्रमुख मार्फत प्रदान गरिएको छ भने स्व. सीताराम प्रसाईँ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति सिताराम सामुदायिक अंग्रजी विद्यालय, मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो ।

यस प्रकारको संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरूलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =