विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ मन्त्रीहरूले असार २२ गते दिने

काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ माथिको छलफलका उठेका प्रश्नको जवाफ मन्त्रीहरूले असार २२ गते दिने भएका छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले मन्त्रालयगत छलफलमा सांसदहरूले उठाएका जिज्ञासाहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूचीबारे सदनलाई जानकारी गराएका हुन् ।

अध्यक्ष दाहालकाअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरूले असार २२ गतेको बैठकमा जवाफ दिनेछन् । त्यसैगरी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका मन्त्रीहरूले पनि सोही दिन सदनमा उठेका प्रश्नहरूको सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय सभाको अर्को बैठक असार २० गते शनिवार दिउँसो सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 2 =