एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णसहित तीन पदक

काठमाडौँ । नेपालले १६औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा स्वर्णसहित तीन पदक प्राप्त गरेको छ ।

भुटानको थिम्पुमा जारी प्रतियोगितामा एक स्वर्ण, एक रजत र एक कास्य पदक प्राप्त गरेको नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घका सचिव दिनेशकुमार राजभण्डारीले जानकारी दिए । पुरुष स्पोट्र्स फिजिक १७० सेन्टीमिटरमुनि आकाश श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरी महिला एथलेटिक फिजिकमा सीता खत्रीले रजत जितिन् । पुरुष स्पोट्र्स फिजिक १७० सेन्टीमिटरमाथि पुकार शाक्यले कास्य पदक हात पारे ।

तीनै खेलाडीको यो पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता हो । दक्षिण एसियाली शारीरिक सुगठनको पहिलो संस्करणदेखि नै नेपाल सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =