तलबभत्ताबाट पालिका अध्यक्षले बनाए अक्षयकोष, विपन्न विद्यार्थीलाई राहत

तुलसीपुर । विपन्न वर्गका विद्यार्थीको अध्ययनमा सघाउन राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राज्यकोषबाट आफूलाई प्राप्तहुने तलबभत्ताबाट अक्षयकोष स्थापना गरेका छन् ।

आफ्नो पालिकाको सर्वोदय माध्यमिक विद्यालयमा अभिभावकविहीन, विपन्न तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उत्थानका लागि रु एक लाख एक हजारको अक्षयकोष स्थापना गरेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

आफूलाई मासिक रुपमा प्राप्त हुने रु ३३ हजारबाट अक्षयकोष स्थापना गरिएको जानकारी दिँदै अध्यक्ष विष्टले भने, “अभिभावकविहीन, विपन्न विद्यार्थी आर्थिक अभावका कारण आधारभूत शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष खडा गरेको हुँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =