एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी महोत्तरीबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले कोइरीलाई महोत्तरीकै गौशाला नगरपालिका–५ एमाले पार्टी कार्यालय अगाडिबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक (असई) थमन विकको मृत्यु प्रकरणमा दोषी ठहर गर्दै उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद कोइरीसहित छ जनालाई बुधबार पाँच वर्ष कैदको सजाय तोकेको थियो ।

प्रहरीले सोही आदेश कार्यान्वयनका लागि कोइरीलाई पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =