ईश्वरी भुजेल हत्या प्रकरणः नेपाली ब्रो र उनकी प्रेमिका प्रतीक्षा आचार्य कारागार चलान

काठमाडौं । श्रीमती हत्या मुद्दामा ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले  उक्त आदेश दिएको हो ।

नेपाली सेनाको सुवेदार पदमा कार्यरत श्रीमती ईश्वरी भुजेलको हत्या गरेपछि प्रहरीले नेपाली ब्रोलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।

त्यसपछि यो प्रकरणमा नुवाकोट घर भएका ३८ वर्षीय नेपाली ब्रोसहित उनकी प्रेमिका जुम्ला घर भएकी २५ वर्षीय प्रतीक्षा आचार्य, नेपाली ब्रोका भाइ विक्रम थापा मगर र साथी पुजन थापा क्षेत्री पक्राउ परेका थिए ।

गत जेठ २२ गते राति रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 4 =