अखिल (क्रान्तिकारी) ले भन्यो- सरकार हिटलरको शैलीमा हिँड्यो, धेरै टिक्नेवाला छैन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले वर्तमान सरकार फाँसीवादतिर लम्किरहेको आरोप लगाएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त संगठनका अध्यक्ष विजयप्रकाश शर्मा सापकोटाले सरकार फाँसीवादतर्फ अघि बढेको जिकिर गरेका हुन् ।

हिटलरको शैलीमा सरकार हिँडेकाले यसको भविष्य समेत नभएको अध्यक्ष सापकोटाको भनाई थियो । उनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको कारण नै नेपालमा राणा शासन, पञ्चायती शासन, ज्ञानेन्द्र शाहको शासन ढलेको र अव बालेन्द्र शाहको शासन पनि ढल्न सक्ने चेतावनी समेत दिए ।

अध्यक्ष सापकोटाले भने ‘हामी यो सरकारको विरोध गर्न चाहँदैनौ । तर लोकतन्त्रको आवाजहरूलाई दबाउने काम जुन ढंगले कुचेष्टा गरिएको छ । यसले बालेन नेतृत्वको सरकार फाँसीवादतिर लम्किरहेको छ । हिटलरको शैली कपि गरिएको छ । यसले सही ढंगले अघि लैजाँदैन । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउँदा हिजो राणा पनि हटे, पञ्चायत पनि हट्यो । त्यसपछि ज्ञानेन्द शाहको कू पनि हट्यो । उहाँले पनि हट्नुपर्ने अवस्था आउन सक्छ ।’

अध्यक्ष सापकोटाले सरकारले विश्वविद्यालयहरूलाई विगतमा झैँ आफ्नो भर्ती केन्द्र बनाउने काम गरिरहेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =