उत्तरी यमनमा २७ टनभन्दा बढी लागुऔषध नष्ट

एजेन्सी । यमनको उत्तरी प्रान्त सादामा हुथी अधिकारीहरूले बरामद गरिएको करिव २७ टन लागुऔषध नष्ट गरेका छन् । हुथी नियन्त्रित गृह मन्त्रालयकाअनुसार सोमवार एक विशेष समारोहका बीच उक्त परिमाणको लागुऔषध नष्ट गरिएको हो ।

नष्ट गरिएको लागुऔषधमा २७ टन ७८९ किलो ५६० ग्राम गाँजाको खोटो रहेको छ । यो परिमाण विगत १२ महिनामा सादा प्रान्तका विभिन्न स्थानमा सञ्चालित ६१३ वटा सुरक्षा कारबाहीका क्रममा बरामद गरिएको मन्त्रालयले जनाएको छ ।

विशेष फौजदारी अभियोजनद्वारा जारी विज्ञप्तिअनुसार उक्त लागुऔषध छिमेकी मुलुकतर्फ तस्करी गर्ने तयारी भइरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । यमन सन् २०१४ को अन्त्यदेखि भीषण गृहयुद्धको चपेटामा रहेको छ ।

हुथी समूहले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भूभागमा नियन्त्रण जमाएपछि यमनी सरकार विस्थापित भएको छ । अस्थिर राजनीतिक अवस्थाको फाइदा उठाउँदै उक्त क्षेत्रमा लागुऔषध तस्करीका गतिविधिहरू बढ्दै गएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 5 =