इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन गन्तव्यमा कति ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन् । निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो ।

नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटेर प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो ।  यससँगै वायुसेवा कम्पनीहरूले बुधबारैदेखि लागू हुने गरी भाडा घटाएका हुन् ।

अब काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडामा १७६५ रुपैयाँले कमी आएको छ भने नजिकको गन्तव्य सिमराको भाडा ३६० रुपैयाँले घटेको छ । वायुसेवा कम्पनीहरूले हवाई भाडामै जोडेर लिने इन्धन शुल्क घटाएका हुन् ।

हेर्नुहोस् कुन गन्तव्यमा कति छ भाडा ?

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =