इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन, कुन गन्तव्यमा कति ? (सूचीसहित)
२०८३ असार १७ गते

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएसँगै वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन् । निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको मूल्य घटाएको थियो ।
नेपाल आयल निगमको असार १६ गतेको निर्णयअनुसार हवाई इन्धनको साबिकको मूल्य प्रतिलिटर २६९ रुपैयाँबाट १४.८७ प्रतिशत ४० ले घटेर प्रतिलिटर २२९ रुपैयाँ कायम भएको थियो । यससँगै वायुसेवा कम्पनीहरूले बुधबारैदेखि लागू हुने गरी भाडा घटाएका हुन् ।
अब काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको भाडामा १७६५ रुपैयाँले कमी आएको छ भने नजिकको गन्तव्य सिमराको भाडा ३६० रुपैयाँले घटेको छ । वायुसेवा कम्पनीहरूले हवाई भाडामै जोडेर लिने इन्धन शुल्क घटाएका हुन् ।
हेर्नुहोस् कुन गन्तव्यमा कति छ भाडा ?




२०८३ असार १७ गते
प्रतिक्रिया








