लैंगिक हिंसा, रोकथाम, नियन्त्रण सम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मत पारित

काठमाडौं । प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा, रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने व्यवस्था सम्बन्धि संकल्प प्रश्ताव राष्ट्रिय सभाबाट पारित भएको छ ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त प्रश्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन् ।

उनले उक्त प्रश्ताव कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिए । यसअघि उक्त प्रश्तावलाई सभामा सांसद रेनु चन्दले पेश गरेका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते विहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 15 =