फिफा विश्वकप २०२६

फिफा विश्वकप: आज नर्वे, फ्रान्स र मेक्सिकोको परीक्षा

हालान्ड र एम्बाप्पेमाथि आज सबैको नजर

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ का थप तीन खेल नेपाली समयअनुसार मङ्गलवार राति र बुधवार बिहान हुँदै छन्। अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित युरोप, अफ्रिका, उत्तर अमेरिका र दक्षिण अमेरिकाका टोलीहरू मैदान उत्रने भएका हुन्।

पहिलो खेल मङ्गलवार राति १०:४५ बजे आइभरी कोस्ट र नर्वेबिच हुनेछ। समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै नकआउटमा पुगेका दुवै टोली जित निकाल्दै अन्तिम १६ को यात्रालाई अघि बढाउने लक्ष्यमा छन्। नर्वेले आफ्नो आक्रमणको नेतृत्व स्टार फरवार्ड एर्लिङ हालान्डबाट गर्ने अपेक्षा गरिएको छ भने आइभरी कोस्ट पनि आफ्नो शारीरिक खेल र तीव्र काउन्टर आक्रमणमार्फत चुनौती प्रस्तुत गर्ने तयारीमा छ।

त्यसपछि बुधवार बिहान २:४५ बजे विश्व च्याम्पियन फ्रान्सले स्विडेनको सामना गर्नेछ। समूह चरणमा उत्कृष्ट लयमा देखिएको फ्रान्स उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ भने स्विडेन बलियो प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ। फ्रान्सका स्टार खेलाडीहरूको प्रदर्शन यस खेलको मुख्य आकर्षण रहने अपेक्षा गरिएको छ।

त्यसै गरी बुधवार बिहान ६:४५ बजे मेक्सिको र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम ३२ मा स्थान बनाएका हुन्। बराबरी क्षमताका यी दुई टोलीबिचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

विजेता टोलीहरूले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछन् भने पराजित टोलीको विश्वकप यात्रा यही चरणबाट समाप्त हुनेछ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =