नेता शर्माले गरे परिवारसहित पशुपतिनाथमा विशेष पूजा–आराधना

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माले सम्पूर्ण परिवारसहित पशुपतिनाथ मन्दिरमा विशेष पूजा–आराधना गरेका छन् ।

मन्दिरका मूल भट्ट रावल गणेश भट्टको सान्निध्यमा वैदिक विधिअनुसार सम्पन्न पूजामा अभिषेक तथा आराधना गरिएको थियो ।

पूजा–आराधना तथा प्रसाद व्यवस्थापनको समन्वय राजराजेश्वरी निर्मल अखडा, वनकाली–पशुपतिका स्वामी गोकुलानन्द वेदान्ताचार्यले गरेका थिए । उनले नेता शर्मा तथा उनको परिवारलाई शुभाशीर्वाद प्रदान गर्दै उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरे ।

पूजापछि नेता शर्माले मूल भट्ट रावल गणेश भट्ट, स्वामी गोकुलानन्द वेदान्ताचार्य तथा पूजा व्यवस्थापनमा संलग्न सम्पूर्ण व्यक्तिप्रति कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =