राजनीतिमा रहेका व्यक्तिलाई रेडक्रसको पद छाड्न अनुरोध
२०८३ असार १५ गते

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले संस्थाको सांगठानिक सुधार र तटस्थता कायम राख्न सक्रिय राजनीतिमा रहेका व्यक्तिहरूलाई रेडक्रसका पदहरूबाट अलग हुन आग्रह गरेको छ ।
रेडक्रसको मूल्य, मान्यता र सिद्धान्तविपरीत राजनीतिक प्रभाव बढ्दै गएको गुनासोबीच रेडक्रसले एक अपिलमार्फत् यो अनुरोध गरेको हो । राजनीतिक दल वा तिनका भ्रातृ संगठनका विभिन्न तहमा पदाधिकारी वा सदस्य रहेका व्यक्तिहरूलाई रेडक्रसको कुनै पनि समिति, आयोग वा उपसमितिमा नरहन रेडक्रस केन्द्रीय कार्यालयद्वारा जारी अपिलमा आग्रह गरिएको छ ।
आईएफआरसीले समेत राजनीतिक हस्तक्षेपका कारण प्रतिबन्ध लगाउनेसम्मको चेतावनी दिएको स्मरण गर्दै नेपाल रेडक्रसले विधानमै संशोधन गरेर यस्तो व्यवस्था गरेको हो ।

२०८३ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित









