पनौती जात्राका अवसरमा उन्मत्त भैरवको मूर्तिसहित बजार परिक्रमा गरियो (तस्बिरहरु)

काठमाडौं । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सहर पनौतीमा मनाइने पनौती जात्रा (ज्या पुन्ही) का अवसरमा सोमबार रथमा राखिएको उन्मत्त भैरवको मूर्तिसहित बजार परिक्रमा गरिएको छ ।

यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि पूर्णिमासम्म मनाइने जात्राको मुख्य दिन पनौतीको लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एकापसमा जुधाइन्छ ।

जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्याउनेले कहिल्यै सुख पाउँदैनन् भन्ने उक्तिलाई लिएर सयौं व्यक्तिहरु यस दिन जात्रामा सहभागी हुन्छन् ।

पार्वतीले ६४ योगिनीको रुप धारण गरी भगवान महादेवलाई लखेटेको र महादेवले आफूलाई लखेट्ने पार्वती रहेको कुरा पत्ता लागेपछि भैरव र महादेवको रुप धारण गरी पार्वतीलाई यौनकार्य गरेको धार्मिक कथासँग यो जात्रा सम्बन्धित छ ।

यस्ता छन् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =