लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले मनाए राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा
२०८३ असार १५ गते

काठमाडौं । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले राष्ट्रिय धान दिवस एवं इन्द्रेणी रोपाई जात्रा मनाएका छन् ।
सोमवार धान दिवसको अवसरमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले इन्द्रेणी रोपाई जात्रा मनाएका हुन् । अभियन्ता एवं संविधान सभा सदस्य सुनिलबाबु पन्तले तेस्रो रोपाई जात्रा भएको बताए ।
उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हक अधिकारको रक्षा र आफूभित्रको लैंगिक उर्जा बढाउनको लागि इन्द्रेणी रोपाई जात्रा मनाउने गरेको बताए । उनले अन्तर्राष्ट्रिय समुदायको संस्कृति भित्रिनेमा आफूहरु चिन्तित रहेको पनि बताए ।
पहिला देखि पुरुषहरूले महिलाको भेष गर्ने भएकाले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग जोडिएको पर्व हो ।
यो समुदायका व्यक्तिहरूलाई परापुर्वकालमा विशेष प्रतिष्ठित पेशाहरूमा सहभागी गराइने चलन रहेको पाइन्छ ।
२०८३ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित









