मधेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि हुने

 

काठमाडौं । मधेस प्रदेशसभामा प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि यही असार १७ गतेदेखि छलफल हुने भएको छ ।

विनियोजन विधेयकमाथिको छलफलका लागि यही असार १७ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्ने तयारी भएको सभामुख रामअशिष यादवले जानकारी दिए । मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =