प्रचण्ड र माधव नेपालले विराटनगरमा शेखर कोइरालासँग गरे भेटवार्ता
२०८३ असार १२ गते

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटवार्ता गरेका छन् ।
उनीहरू विराटनगरस्थित कोइराला निवास पुगेर डा. कोइरालासँग भेट गरेका हुन् ।
भेटका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा सहभागी नेताहरूले मुलुकको वर्तमान राजनीतिक परिस्थिति र आगामी राजनीतिक सहकार्यका सम्भावनालगायत विषयमा विचार आदानप्रदान गरेको स्रोतले जनाएको छ ।
२०८३ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित










