फिफा विश्वकप २०२६

अमेरिका हार्दा पनि समूह विजेता, अस्ट्रेलिया नकआउटमा

काठमाडौं । जारी फिफा विश्वकप २०२६ मा समूह ‘डी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा अस्ट्रेलिया र पाराग्वेले गोलरहित बराबरी खेलेका छन्।

बराबरीसँगै दुवै टोलीले समान ४–४ अंक जोडेका छन्। यही समूहको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्यो ।

जित निकाले पनि टर्की ३ अंकका साथ समूहको पुछारमै रहँदै प्रतियोगिताबाट बाहिरिएको छ। यस हारका बाबजुद अमेरिका ६ अंकसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।

समान ४–४ अंक भएका अस्ट्रेलिया र पाराग्वेमध्ये गोलअन्तरमा अघि रहेकाले अस्ट्रेलिया उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको हो।

तेस्रो स्थानमा रहेको पाराग्वेको भने उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीहरूको सूचीमार्फत नकआउट चरणमा पुग्ने सम्भावना अझै कायम छ। पाराग्वे नकआउट चरणमा पुग्ने वा नपुग्ने आगामी समूह चरणको बाकी खेलहरुमा भर पर्दछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eleven =