फिफा विश्वकप २०२६

चार पटकको विश्वविजेता जर्मनी इक्वेडरसँग स्तब्ध

काठमाडौं। चार पटकको विश्वविजेता जर्मनीलाई २–१ गोलअन्तरले पराजित गर्दै इक्वेडरले फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा शुक्रबार बिहान सम्पन्न समूह ‘ई’ को अन्तिम लिग खेलमा उपाधि दाबेदार जर्मनीविरुद्ध ऐतिहासिक जित निकाल्दै इक्वेडरले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये उत्कृष्ट आठभित्र पर्दै नकआउट चरणमा पुग्ने ढोका खोलेको हो।

समूहकै अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले पराजित गर्दै नक आउट चरणमा आफ्नो स्थान पक्का गरेको छ। हारका बाबजुद जर्मनी तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोडेर गोलअन्तरका आधारमा समूह विजेता बन्यो।

समान ६ अंक जोडेको आइभरी कोस्ट गोलअन्तरमा पछि परेपछि समूह उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गर्यो। इक्वेडर भने तीन खेलबाट एक जित, एक बराबरी र एक हारसहित ४ अंक जोड्दै समूहमा तेस्रो स्थानमा छ ।

यता, कुरासाओले तीन खेलमा एक बराबरी र दुई हारसहित १ अंक मात्र जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 18 =