वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ बस्ने नुवाकोट घर भएका २६ वर्षीय बिशाल बानिया, काठमाडौं महानगरपालिका–१४ बस्ने २९ वर्षीय रिजन खङी र ललितपुर सातदोबाटो बस्ने कैलाली घर भएका २३ वर्षीया प्रिन्सी शाह रहेका छन् ।

पक्राउ मध्ये बिशालले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, रिजनले मलेसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८५ हजार रूपैयाँ र प्रिन्सीले बेलारूस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिशाल र रिजनलाई काठमाडौं महानगरपालिका–१४ बाट सोमबार र प्रिन्सीलाई ललितपुर महानगरपालिका–४ बाट मंगलबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 17 =