स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको नगद १६ लाख ५० हजार रूपैयाँ सहित सोही ठाउँस्थित मोबाईल होम नामक ईलेक्ट्रिक पसलका संचालक भारत राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

साथै काठमाडौं महानगरपालिका–२२ प्यूखाबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित काठमाडौं तारकेश्वर बस्ने नुवाकोट ककनी घर भएका २२ वर्षीय सबिन तामाङ र काठमाडौं बाफल बस्ने ७३ वर्षीय बिनोद अग्रवाललाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =