राजनीति जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना
२०८३ असार ९ गते

चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका चितवनस्थित कार्यालयहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताए ।
उनले भने ‘राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।’
सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताए । जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको कथन थियो ।
पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्याए ।
२०८३ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित









