एमाले उपाध्यक्ष पौडेल विशेष अदालतमा उपस्थित, म्याद थपका लागि बहस जारी

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको छ ।

शङ्कास्पद सम्पत्ति र शेयर कारोबारको अनुसन्धानका सिलसिलामा विभागले उनलाई अदालतमा पेस गरेको हो ।

सरकारी वकिलहरूले अनुसन्धानका लागि समय माग गरिरहँदा पौडेलका कानून व्यवसायीहरूले भने पक्राउ प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै बहस गरिरहेका छन् ।

विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई सोमवार सुर्खेतबाट नियन्त्रणमा लिएको थियो । उनलाई मंगलवार मात्रै काठमाडौँ ल्याइपुर्याइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 13 =