सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । सोमबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

सुन प्रतितोला रु एक हजार ६०० ले घटेको छ भने चाँदी रु १४० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख ८७ हजार १०० र चाँदीको मोल रु चार हजार ५९० निर्धारण भएको छ ।

हिजो सोमबार एक तोला सुन रु दुई लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने एक तोला चाँदी रु चार हजार ७३० मा खरिदबिक्री भएको थियो ।

त्यसैगरी, गत आइतबार एक तोला सुन रु दुई लाख ८७ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६९० मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११९ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =