कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसबाट संक्रमित हुनेहरूको संख्या १ हजार नाघेको छ ।

स्वास्थ्य मन्त्रालयले आईतवार सार्वजनिक गरेको पछिल्लो महामारीसम्बन्धी प्रतिवेदनअनुसार संक्रमितको संख्यामा वृद्धि भएको हो । मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १ हजार ३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यस प्रकोपका कारण २५४ जनाले ज्यान गुमाएका छन् भने मृत्युदर २५.३ प्रतिशत रहेको छ । हाल ३६५ जना बिरामीलाई आइसोलेसन वा अस्पतालमा राखेर उपचार भइरहेको छ भने संक्रमण पुष्टि भएकामध्ये १०० जना निको भएका छन् ।

प्रभावित तीन प्रान्तहरूमा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान (कन्ट्याक्ट फलोअप) दर ५८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

संक्रमितको संख्या बढ्दै गएपनि यसको नियन्त्रणका लागि चालिएका कदमहरू सक्रिय रहेको अधिकारीहरूले बताएका छन् ।

हाल निगरानीलाई तिब्र पारिएको, समुदायस्तरमा जनचेतना फैलाइएको तथा बिरामीको व्यवस्थापन र प्रयोगशाला परीक्षण क्षमता सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =