भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित एक बहुतले भवनमा सोमवार भीषण आगलागी हुँदा विद्यार्थीसहित कैयौँ व्यक्तिको मृत्यु भएको छ ।

स्थानीय प्रहरी अधिकारीकाअनुसार आगलागी भएको उक्त भवनमा एक कोचिङ सेन्टर सञ्चालनमा थियो । आगलागी हुँदा विद्यार्थी कक्षामा अध्ययनरत रहेको बताइएको छ ।

ज्यान जोगाउनका लागि भवनको झ्यालबाट हामफाल्दा केही विद्यार्थीहरू घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरूले हालसम्म मृतकको आधिकारिक सङ्ख्या पुष्टि नगरे पनि केही सञ्चारमाध्यमहरूले घटनामा कम्तीमा १४ जनाको ज्यान गएको उल्लेख गरेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री मोदीले घटनास्थलमा राहत तथा उद्धार कार्य जारी रहेकोसमेत जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =