फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

एजेन्सी । मध्य फिलिपिन्सको टक्लोबान सहरस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

स्थानीय प्रहरीले दिएको जानकारीअनुसार विद्यालयमा कक्षा सञ्चालन भइरहेको समयमा घटना घटेको हो । स्थानीय समयअनुसार बिहान करिव ९ बजे भएको उक्त आक्रमणका क्रममा कक्षाकोठाभित्रै गोली चलेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा गोलीको आवाज सुनिने बित्तिकै विद्यार्थी र शिक्षकहरू सुरक्षाका लागि डेस्कमुनि लुकेको र भागदौड मच्चिएको देखिन्छ ।

घटनालगत्तै पुगेका आपतकालीन उद्धारकर्मीहरूले घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा पुर्याएका थिए ।  प्रहरीले आक्रमणमा संलग्न रहेको आशङ्कामा एक जना संदिग्ध व्यक्तिलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।

यद्यपि आक्रमणको कारण भने अझै खुल्न सकेको छैन । यस घटनाका सम्बन्धमा थप तथ्यहरू फेला पार्न र आक्रमणको परिस्थिति बुझ्न प्रहरीले विस्तृत अनुसन्धान शुरु गरिसकेको अधिकारीहरूले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =