फिफा विश्वकप २०२६

इराकविरुद्ध फ्रान्सको फराकिलो जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इराकविरुद्ध फ्रान्सले फराकिलो जित निकालेको छ ।

फिलाडेल्फिया स्टेडियममा जारी खेलको ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरेसँगै फ्रान्सले इराकविरुद्ध तीन गोलको अग्रतामा जित निकालेको हो ।

यसअघि कप्तान किलियन एम्बाप्पेले १४औं मिनेट र ५४औं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

लगातार दोस्रो चरणको जित निकालेको फ्रान्सले समूह चरणको एक खेल बाँकी रहँदै अन्तिम ३२ स्थान सुरक्षित गरेको छ ।

यो खेलमा पनि पराजित भएको इराक भने विश्वकपबाट बाहिरिने संघारमा पुगिसकेको छ । अब इराकले अन्तिम खेल सेनेगलविरुद्धको खेलमा जित्नैपर्ने दबाब रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =