बन्दसत्रअघि रवि लामिछाने र प्रधानमन्त्री बालेन छलफलमा
२०८३ असार ८ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह बन्दसत्र सुरु हुनुअघि महत्त्वपूर्ण छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री शाह बसिरहेको लटौली स्याङ्चुरी रिसोर्टमा सोमबार बिहानैदेखि दुई नेताबीच छलफल भइरहेको स्रोतले जनाएको छ । छलफलमा पार्टीको नेतृत्व चयन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
बिहान ८ः३० बजेबाट बन्दसत्र सुरु गर्ने कार्यतालिका तय गरिए पनि शीर्ष नेतृत्वबीचको छलफल जारी रहेकाले कार्यक्रम अझै सुरु हुन सकेको छैन । बन्दसत्र ढिलो हुनुका कारण सहभागी प्रतिनिधिहरू पनि प्रतीक्षामा रहेका छन् ।
पार्टीको आगामी रणनीति, संगठनात्मक विषय तथा समसामयिक राजनीतिक एजेन्डाबारे दुई नेताबीच छलफल केन्द्रित रहेको स्रोतले बतायो ।
२०८३ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित









