यस्तो छ सुनचाँदीको मूल्य
२०८३ असार ८ गते

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी रु ४० ले बढेको छ ।
आजका लागि सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार सातसय र चाँदी चार हजार ७३० निर्धारण भएको छ ।
आइतबार एक तोला सुनको मूल्य रु दुई लाख ८७ हजार ३०० मा कारोबार भएको थियो । एक तोला चाँदीको मूल्य रु चार हजार ६९० मा कारोबार भएको थियो ।
शुक्रबार एक तोला सुन रु दुई लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ६४० मा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार १८८ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको छ ।
२०८३ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित









