हुम्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । हुम्ला जिल्लाको श्रीनगर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर क्षेत्रलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का हुम्लासहित आसपासका जिल्लामा महसुस गरिएको जनाइएको छ । यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =