युद्धविरामको घोषणासँगै दक्षिण लेबनानमा विस्थापित बासिन्दाहरूको पुनरागमन

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानबीच भएको नयाँ समझदारीसँगै युद्धविरामको घोषणा भएपछि दक्षिण लेबनानको नबातिये शहरमा विस्थापित परिवारहरू आफ्ना घर फर्कन थालेका छन् ।

दक्षिण लेबनानका विभिन्न क्षेत्रहरूमा लेबनानी सेनाका एकाइहरू तैनाथ भइरहँदा, हेजबुल्लाहको झण्डा फहराइएका सवारी साधनहरू सहर प्रवेश गरिरहेका देखिएका छन् ।

महिनौंदेखि जारी इजरायली हवाई आक्रमणका कारण नबातियेमा व्यापक क्षति पुगेको छ । शहरका धेरै घरहरू ध्वस्त भएका छन् भने सडकहरू भग्नावशेष र क्षतिग्रस्त सवारी साधनहरूले भरिएका छन् ।

यस्तो कठिन परिस्थितिका बाबजुद पनि स्थानीय बासिन्दाहरू आफ्नो थातथलो फर्कन आतुर देखिएका छन् । फर्किएका बासिन्दाहरूले आफ्ना भग्नावशेष बनेका घरहरूमा बचेखुचेका सामानहरू खोजी गरिरहेका छन् ।

कतिपय बासिन्दाहरू युद्धका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको नाम अंकित पर्खालहरू नजिक जम्मा भएर शोक मनाइरहेका भेटिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =