विगतका सरकारले भन्दा धेरै गुणा बढी सडक सुरक्षामा ध्यान दिएका छौंः मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको बताएका छन् ।

सडक दुर्घटना रोक्न नसकेको भनी सरकारको आलोचना भई रहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न सुरु गरिसकेको बताए । मन्त्री लम्सालले आगामी ३ वर्ष भित्रमा जिल्ला सदरमुकाम जोडनै सबै एक लेनको सडकलाई २ लेनमा विस्तार गर्ने पनि बताए ।

उनले भने ‘आज भन्दा अघि जति सरकारहरू थियो, तिनीहरू भन्दा धेरै बढी सडक सुरक्षामा ध्यान दिएका छौ । अहिले हामीले ३ वर्षको सडक सुरक्षा योजना बनाएका छौँ । र यसमा भरपुर बजेट पनि राखिएको छ । हामीले रोड फर्निसिङमा ३ अव वर्षे कार्ययोजनासहित ४ अर्ब ७४ करोड विनियोजन गरेका छौँ । अर्को हामीले जिल्ला जोडने एकलेनको सडक बनाउने भनेर ११ अर्ब बजेट विनियोजन गरिएको छ । त्यो सडक चौडा गर्नका लागि मात्रै हो । यसले पुगेन भने हामीले बजेट पनि थप्छौ । तर आगामी ३ वर्ष भित्र हामीले एक लेनको सडकलाई २ लेन बनाएर सक्नेछौँ ।’

मन्त्री लम्सालले एक लेनको सडकमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रूपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको पनि बताए । उनले सडकको स्तरोन्नतिका लागि बजेटको अभाव नहुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =