जीविकोपार्जनमा ‘भैँसीपालन कार्यक्रम’ सञ्चालन
२०८३ असार २ गते

कैलाली । जीविकोपार्जनका लागि कैलालीका नौ वटा स्थानीय तहमा भैँसीपालन कार्यक्रम सञ्चालन गरिएको छ ।
किसानलाई जीविकोपार्जन चलाउन पुगोस् भन्ने हेतुले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । यस कार्यक्रमबाट साना किसान लाभान्वित भएका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कैलालीले धनगढी, गोदावरी, गौरीगङ्ग, टीकापुर लम्कीचुहा नगरपालिका र जोशीपुर, बर्दगोरीया, जानकी, र मोहन्याल गाउँपालिका गरी नौ स्थानीय तहका १६ वटा भैँसीपालक समूहलाई रु दुई करोड २५ लाख रकम अनुदान उपलब्ध गराइएको वरिष्ठ पशु विकास अधिकृत तथा प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिएका हुन् ।
छनौट भएका १६ वटा समूहलाई रु १७ लाख ४१ हजारको दरले अनुदान उपलब्ध गराइएको छ ।
भैँसीपालन समूहलाई च्यापकटर (घाँस काटने मेसिन), दाना पिस्ने मेसिनलगायत औजार पनि वितरण गरिएको छ ।
२०८३ असार २ गते
प्रतिक्रिया
सम्बन्धित









