देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४२ जना पक्राउ

काठमाडौं । प्रहरीको नियमित गस्ती तथा निगरानीका क्रममा देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित ४२ जना पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, बाँके र झापाबाट पाँच–पाँच जना, सुनसरीबाट नौ जना, इलामबाट तीन जना तथा दाङ, सर्लाही र मोरङबाट दुई–दुई जना पक्राउ परेका हुन् । त्यसैगरी नवलपरासी (पश्चिम), मकवानपुर, सुर्खेत र कैलालीबाट एक–एक जना पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट गाँजा, खैरो हेरोइन लगायत विभिन्न प्रकारका लागुऔषध बरामद गरेको जनाएको छ ।

यस्तै, चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने ट्रामाडोल, डाइजेपाम, बुप्रेनोर्फिन, प्रोमेथाजाइन, स्पारेष्ट र स्पास्मो लगायतका औषधिसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 8 =