योगेश भट्टराईको सन्देश: ‘पुनर्गठन हुन्छ, पार्टी फुट्दैन’

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीभित्र एकता अझ सुदृढ हुने र पुनर्गठनको प्रक्रियाले सकारात्मक परिणाम दिने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत संक्षिप्त कवितात्मक शैलीमा धारणा सार्वजनिक गर्दै उनले पार्टी फुट्ने वा टुट्ने सम्भावना नरहेको बताएका छन् । उनले लोभ र पापको राजनीतिबाट टाढा रहँदै संगठन पुनर्गठनको दिशामा अघि बढ्ने संकेत गरेका छन् ।
भट्टराईले सबै पक्षबीच समझदारी र एकता कायम हुने उल्लेख गर्दै आगामी दिनमा पार्टी थप एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । साथै, सबैको सम्मान सुनिश्चित हुने, सोच र व्यवहारमा सुधार आउने तथा संगठनको गति अझ तीव्र हुने उनको भनाइ छ ।
उनले लेखेका छन्–
“ढुक्क रहनुहोस्
लोभ छैन
पाप छैन
पुनर्गठन हुनेछ
फुट्ने छैन
टुट्ने छैन
सबै मिल्ने छन्
थप एकताबद्ध हुनेछन्
सबैको सम्मान हुनेछ
मति सुध्रने छ
गति बढ्ने छ ।”









