पृतनापति ट्रफीको उपाधि श्री नं १८ बाहिनी अड्डालाई

सुनसरी । पृतनापति ट्रफी, २०८३ को उपाधि श्री नं.१८ बाहिनी अड्डाले हात पारेको छ । सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा आज सम्पन्न प्रतियोगितामा श्री नं. १८ बाहिनी अड्डा पहिलो भएको छ भन श्री नं. २ बाहिनी अड्डा दोस्रो र श्री नं. २१ बाहिनी अड्डा तेस्रो भएका छन् ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल समावेश गरिएको थियो ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई ट्रफीसहित क्रमशः रू ५१ हजार, रू ४० हजार र रू ३५ हजार नगद पुरस्कार प्रदान गरिएको पूर्वी पृतना हेडक्वार्टरले जनाएको छ ।

केन्द्रीय तहको प्रधानसेनापति ट्रफीका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १६४ महिला र ३०५ पुरुष गरी जम्मा ४६९ खेलाडीको सहभागिता रहेको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै पूर्वी पृतना हेडक्वार्टरका पृतनापति गौरवकुमार केसीले खेलकुदले सैनिकको शारीरिक तन्दुरुस्ती मानसिक दृढता अनुशासन नेतृत्व क्षमता र सामूहिक भावनाको विकास गर्ने बताए ।

सैनिक पेसाको व्यावसायिक जिम्मेवारीका साथै खेलकुदमा सैनिकहरूले देखाएको लगाव गौरवको विषय भएको उल्लेख गर्दै उनले राष्ट्रको खेलकुद विकासमा नेपाली सेनाको योगदान उल्लेखनीय रहेको धारणा राखे ।

पृतनापति केसीले आगामी भदौमा आयोजना हुने प्रधानसेनापति ट्रफी, २०८३ मा अझ उत्कृष्ट नतिजा हासिल गर्न सम्पूर्ण खेलाडी बाहिनी र सम्बद्ध युनिटहरूलाई आजैदेखि जग बलियो बनाई तयारीमा जुट्न निर्देशन समेत दिए ।

खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा स्थापित गर्न नेपाली सेनाले विसं २०६५ देखि प्रधान सेनापति ट्रफी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =