सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व याम भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति थापाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज शोक विज्ञप्ति जारी गरी ८१ वर्षीय उमेरमा निधन भएका भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारीले नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को स्थापनाकालमा झापा जिल्ला र विशेषगरी मेची क्याम्पसको विद्यार्थी राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माको परिवारका ज्येष्ठ अभिभावकसमेत रहेका स्वर्गीय भण्डारीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कठोर जेलजीवन र शारीरिक यातना भोगेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

भण्डारीको निधनप्रति कांग्रेस सभापति थापाले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । सभापति थापाले भण्डारीको निधनबाट पार्टीले एक अथक र अविचलित योद्धा गुमाएको बताए ।

उनले शोकको यस घडीमा स्व भण्डारीकी धर्मपत्नी सन्ध्या भण्डारी, छोरा शरद, छोरीहरू अनुपमा र सम्पूर्णतासहित सम्पूर्ण परिवारजनमा व्यक्तिगत र पार्टीका तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =