बेरुजु घटाउन प्रमाण संकलन गर्दैछौँः सचिव राई

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आगामी आर्थिक वर्षमा बेरुजु फर्स्यौटको लक्ष्य ६१ प्रतिशतसम्म पुर्याउने योजना रहेको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले हाल मन्त्रालयको हातमा करिब २ अर्ब ८५ करोड रुपैयाँ बराबरको बेरुजु रहेको जानकारी दिँदै यसलाई घटाउँदै जाने योजना रहेको बताए ।

उनकाअनुसार लेखा समितिको निर्देशनअनुसार आर्थिक वर्ष २०८२/८३ र २०८/८४ का लागि साउनदेखि पुस महिनासम्म प्रमाण संकलन गर्ने कार्यक्रम तय गरिएको छ । यस अवधिमा फर्स्यौट गरी सम्परीक्षणका लागि पेस गर्दा करिब १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बेरुजु फर्स्यौट गर्ने लक्ष्य राखिएको छ । उक्त लक्ष्य पूरा गर्न सकेमा आगामी आर्थिक वर्षमा करिब ६१ प्रतिशतसम्म बेरुजु फर्स्यौट हुनेछ ।

राईले भने –’अहिले हाम्रो हातमा रहेको बेरुजु करिब २ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । आगामी आर्थिक वर्षको कार्ययोजनासम्बन्धी कुरा पनि यहाँ प्रस्तुत गर्न चाहन्छु । माननीयज्यूहरूले दिएको निर्देशनअनुसार आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि साउनदेखि पुस महिनासम्म प्रमाण संकलन गर्ने कार्यक्रम तय गरिएको छ । यस अवधिमा फर्स्यौट गरी सम्परीक्षणका लागि पेस गर्दा करिब १ अर्ब ७३ करोड रुपैयाँ बराबरको बेरुजु फर्स्यौट गर्ने लक्ष्य राखिएको छ । सो लक्ष्य हासिल गर्न सकेमा आगामी आर्थिक वर्षमा करिब ६१ प्रतिशतसम्म बेरुजु फर्स्यौट गर्ने योजना तर्जुमा गरिएको छ । बाँकी प्रगति तथा थप विवरण समयअनुसार प्रस्तुत गरिनेछ ।’

सचिव राईले बाँकी प्रगति तथा थप विवरण समयअनुसार समितिमा प्रस्तुत गरिने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =