संसद् अवरोध खुलाउने प्रयासमा रवि लामिछाने, विपक्षी दलसँग छलफल

काठमाडौं । संघीय संसद्को अवरोध खुलाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलका नेताहरूसँग छलफलमा जुटेका छन् ।

सिंहदरबारमा जारी छलफलमा संसद् अवरोधको गाँठो फुकाउने प्रयास भइरहेको बताइएको छ । यसैबीच, बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक भीष्मराज आङ्देम्बे, सचेतक वासना थापा, नेकपा एमालेका प्रमुख सचेतक ऐन महर, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओली सहभागी छन् ।

रास्वपाबाट प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक क्रान्तिशिखा धिताललगायत नेताहरू पनि छलफलमा सहभागी छन् ।

संसद्को जारी अवरोध अन्त्य गरी बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति खोज्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =